समाज


इलाममा सूर्योदय नगर महोत्सव हुने

इलाममा सूर्योदय नगर महोत्सव हुने

नेपालखबर
कात्तिक २९, २०७६ शुक्रबार १४:३५,

 सूर्योदय नगरपालिकाले आगामी मङ्सिर १४ देखि १८ सम्म प्रथम सूर्योदय नगर महोत्सव आयोजना गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सरकारको घोषणा गरेको १०० पर्यटन गन्तव्यमध्ये प्रदेश नं १ को मुख्य पर्यटकीयस्थल कन्याम फिक्कल श्रीअन्तु सर्किट पर्यटकको लागि महत्वपूर्ण आकर्षण रहेको नगरपालिकाका प्रमुख रणबहादुर राइले बताए। अनुमानित रु ५० लाख खर्च हुने महोत्सवमा नगरपालिकाले २५ लाख लगानी गर्नेछ।

प्रमुख राईका अनुसार भारतको दार्जेलिङ, सिक्किम, भूटान तथा बङ्गलादेशबाट समेत एकै दिनमा आइपुग्ने पहाडी गन्तव्य भएकाले सूर्योदय नगरपालिकाले भारतको मिरिक नगरपालिका तथा दार्जेलिङको स्थानीय सरकारसँग पनि सहकार्य गरिएको छ।

पहाडी क्षेत्रमा भारतसँग सिमाना जोडिएको एकमात्र पक्की सुगम सडकमार्गबाट इलाम भित्रने पर्यटक बढिरहेको उनले बताए। आकर्षक सूर्योदय अवलोकन गर्ने डाँडा श्रीअन्तु, चिया बगान फिक्कल, भारतसँग सिमाना जोडिएको बजार पशुपतिनगर, रेडपाण्डा संरक्षणस्थल गोर्खेलगायतका स्थानमा महोत्सवभर विभिन्न सांस्कृतिक कार्यक्रमसमेत हुने आयोजकले जनाएको छ। पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने तयारी भइरहेको बताए। पर्यटन विकाशका लागि पूर्वाधार आवश्यक रहेको उहाँले उल्लेख गरे।

जम्मा ७३ चिया उद्योग रहेको नगरपालिकालाई ‘टि टेस्टिङ सेन्टर’को रुपमा विकास गर्ने तयारी भइरहेको नगरपालिका–९ का अध्यक्ष देवेन्द्र शर्माले जानकारी दिए। उनका अनुसार नगर क्षेत्रमा रहेका होटेल, रिसोर्ट तथा होमस्टेमा दैनिक तीन हजार ७५० पर्यटकलाई सेवा दिन सकिन्छ। सूर्योदय नगरपालिकाले यो वर्ष पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .