ad ad

समाज


हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु, एक घाइते

हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु, एक घाइते

नेपालखबर
कात्तिक २९, २०७६ शुक्रबार १३:१६,

शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

स्थानीय ६५ वर्षीय बलदेव बोहराको हात्तीको आक्रमणले घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक नैनसिंह साउँदले नेपालखबरलाई बताए।

बस्ती पसेको हात्तीको झुण्डलाई धपाउन गएका उनीहरुलाई आक्रमण गरेको थियो। आक्रमणबाट बोहराको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ। अर्का स्थानीय एक जना भने घाइते भएका छन् ।

ईलाका प्रहरी कार्यालय झलारीको प्रहरी घटनास्थलतर्फ गएको छ। शुक्लाफाँटा नगरपालिकामा बर्षेनी जंगली जनावरले वितण्डा मचाउने गरेका छन्। स्थानीय लगाएको बालीनाली समेत सखाप गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .