ad ad

समाज


सरकार कमजोर बन्दै जानु सीमा अतिक्रमणको प्रमुख कारण : रिसाल

सरकार कमजोर बन्दै जानु सीमा अतिक्रमणको प्रमुख कारण : रिसाल

नेपालखबर
कात्तिक २९, २०७६ शुक्रबार १२:८,

वरिष्ठ पत्रकार भैरव रिसालले भारत र नेपालबीचको सीमा सुरक्षा सरकारका लागि सुनौलो अवसर रहेको बताएका छन्।

संवाद डलबीले शुक्रबार आयोजना गरेको सीमा सुरक्षा कार्यक्रममा उनले जनताको भावनामा चोट आए राम्रो नहुने भन्दै सीमा सुरक्षाका विषयमा धेरै कुरा उठे पनि यसको समाधान कुनै पनि सरकारले गर्न नसकेको बताए।

उनले भने, ‘सरकार कमजोर बन्दै जानु पनि सीमा अतिक्रमणको प्रमुख कारण हो।’ सन् १९८१ देखि २०१८ सम्म भारतमा १० मात्र सरकार परिवर्तन भएको तर नेपालमा १८ वटा सरकार परिवर्तन भएका बताए।

रिसालले सरकारलाई जनताको पूर्ण समर्थन रहेको उल्लेख गर्दै जुनसुकै संयन्त्र प्रयोग गरेर नेपाली भूमि फिर्ता गर्न तत्काल कदम चाल्नुपर्नेमा जोड दिए। सो अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता प्रकाश रोकायाले चीनले जस्तै नेपालले पनि जनतासँग पैसा उठाएर सीमामा पर्खाल राख्नुपर्ने बताए। नेकपाका अर्का नेता कर्णजित बुढाथोकीले भारतले नेपाली भूमि मात्र अतिक्रमण नगरेको जानकारी दिँदै अन्य छिमेकी देशको भूमि पनि अतिक्रमण गरेको बताए रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .