ad ad

कारोबार


१० करोड बिगो दाबीसहित एस इन्टरप्राइजेजविरुद्ध मुद्दा दर्ता

१० करोड बिगो दाबीसहित एस इन्टरप्राइजेजविरुद्ध मुद्दा दर्ता

नेपालखबर
कात्तिक २९, २०७६ शुक्रबार १२:६,

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गर्ने लक्की एएस इन्टरप्राइजेजका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ।

नक्कली बिल प्रयोग गरी आयकर तथा मूल्य अभिवृद्धि कर र आयकर छलेको भन्दै विभागले जिल्ला अदालत काठमाडौंमा नौ करोड ९५ लाख रुपैयाँ बिगो दाबीको मुद्दा दायर गरेको हो।

लक्की एएस इन्टरप्राइजेजले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मूअकर बीजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसुरमा संलग्नता रहेको देखिएको विभागको भनाइ छ। प्रतिवादीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनबमोजिम कसुर गरेको विभागले जनाएको छ।

उक्त कम्पनीका प्रोपाइटर सुनिल कुमार गौतमलाई उल्लिखित कसुर अपराधमा बिगोको दोब्बरसम्म जरिवाना गरी तीन वर्षसम्म कैद सजाय हुन माग दाबी लिई काठमाडौं जिल्ला अदालतमा शुक्रबार मुद्दा दर्ता गराएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .