नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सदस्य डिलप्रसाद शर्माको निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ।
२३ वर्षीय शर्माको काठमाडौंको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको हो। बोनम्यारोमा समस्या आई चार महिनाअगाडि अस्पताल भर्ना भएका पत्रकार शर्माको बोनम्यारो ट्रान्सप्लान्टका क्रममा बिहीबार निधन भएको महासंघले जनाएको छ।
विगत ६ वर्षदेखि सुर्खेतमा रहेर पत्रकारिता गरिरहेका शर्मा पछिल्लो समय साझा विसौनी दैनिक र देश सञ्चार अनलाईनमा कार्यरत थिए। उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको महासंघको भनाई छ।

प्रतिक्रिया