खेल


भलिबलमा नेपाललाई ऐतिहासिक उपलब्धि, चेलीहरुले रचे इतिहास

भलिबलमा नेपाललाई ऐतिहासिक उपलब्धि, चेलीहरुले रचे इतिहास

नेपालखबर
कात्तिक २८, २०७६ बिहिबार १०:४६,

नेपाली भलिबलले पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्दै कीर्तिमान रचेको छ। पहिलो संस्करणको एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जिताउँदै चेलीहरुले इतिहास रचेका हुन।

ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा बिहीबार भएको फाइनलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जितेको हो।

यो नेपाली भलिबल इतिहासको पहिलो अन्तर्राष्ट्रिय उपाधि हो। यसअघि २०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा नेपालले जितेको रजतपदक नै नेपाली भलिबलको सबैभन्दा ठुलो पदक थियो।

सेन्ट्रल जोनमा नेपाल अपराजित रहँदै च्याम्पियन बन्यो। माल्दिभ्समाथि पहिलो सेटमा २५–१३ को जित निकालेको नेपालले दोस्रो सेटमा २५–१२ र तेस्रो सेटमा २५–८ सहज जित निकालेको हो।

नेपाली महिला भलिबलले अहिलेसम्म दक्षिण एसियाली खेलकुदमा तीन कास्यपदक जितेको थियो। यस्तै पुरुष भलिबल टोली पनि हालसम्म कास्य पदकभन्दा माथि उठ्न सकेको छैन। पुरुष टोलीले एभीसी सेन्ट्रल जोनकै तेस्रो संस्करणमा कास्यपदक जितेको थियो।

शनिबारबाट शुरु भएको च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको थियो। राउन्ड रोविन लिगपछि शीर्ष दुई टोली नेपाल र माल्दिभ्सले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad