ad ad

समाज


बुटवलको कालिका र नविन औद्योगिकलाई अन्तर्राष्ट्रिय अवार्ड

बुटवलको कालिका र नविन औद्योगिकलाई अन्तर्राष्ट्रिय अवार्ड

सुदीप भण्डारी
माघ ११, २०७८ मंगलबार २१:३, काठमाडौँ

बुटवलका दुई सामुदायिक विद्यालयले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन्।

कालिकानगरमा रहेको कालिका मानवज्ञान मावि र देविनगरमा रहेको नविन औद्योगिक कदरबहादुर रिता माविले २०२१ देखि २०२४ सम्मको लागि बृटिश काउन्सिलले प्रदान गर्ने इन्टरनेसनल स्कुल अवार्ड प्राप्त गरेका हुन्।

बृटिश काउन्सिलले प्रत्येक तीन वर्षमा उत्कृष्ट विद्यालयहरुलाई यो अवार्ड प्रदान गर्दछ। यी दुई विद्यालयले यसअघि २०१८ मा पनि यो अवार्ड प्राप्त गरेका थिए।

बृटिश काउन्सिलले निश्चित मापदण्डको आधारमा विद्यालयहरु छनोट गर्दछ। छनोटमा भएका विद्यालयलाई तालिम दिने एक अर्को देशका विद्यालयसँग सहकार्य गराउँछ। सहकार्यको क्रममा विद्यालयले आ–आफ्नो शैक्षिक अभ्यास, परम्परा, मूल्य मान्यता, विद्यालयका विद्यार्थीले उत्पादन गरेका सामग्रीहरु आदान प्रदान गर्ने गर्दछन्।

यस आधारमा काउन्सिलले अवार्डका लागि विद्यालय छनोट गर्ने कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापाले बताए। उनले अवार्डले विद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको बताए।

कालिका मावि सम्भवतः देश भरमा सबै भन्दा बढी विद्यार्थी भएको सामुदायिक विद्यालय हो। यहाँ १२ कक्षासम्म ८ हजार ८३ विद्यार्थी अध्ययन गर्दछन्।

नविन औद्योगिक कदर बहादुर रिता माविका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले पनि अवार्डले सबै शिक्षक र विद्यालय परिवार खुशी भएको बताए।

नविन औद्योगिकमा ३ हजार ६ सय विद्यार्थी अध्ययन गर्दछन्। शैक्षिक सत्रको सुरुवातमा यी दुई विद्यालयमा बालबालिकाहरु भर्ना नपाएर फर्किनुपर्ने अवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .