समाज


सुदूरपश्चिममा पहिलो पटक ओमिक्रोन पुष्टि, चारैजना भारतबाट आएका थिए

चारै संक्रमितलाई खोज्दै सामाजिक विकास मन्त्रालय
सुदूरपश्चिममा पहिलो पटक ओमिक्रोन पुष्टि, चारैजना भारतबाट आएका थिए

फाइल तस्बिर


नेपालखबर
माघ ११, २०७८ मंगलबार १४:३१, काठमाडौँ

सुदूरपश्चिम प्रदेशका चारजनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ। 

भारतबाट कैलालीको त्रिनगर नाका हुँदै नेपाल छिरेका ती चारजना युवामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको त्यहाँस्थित सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताएका छन्। 

कार्कीका अनुसार कञ्चनपुरका २, बझाङ र डोटीका एक-एक जनामा ओमिक्रोन भेरियन्ट मंगलबार पुष्टि भएको हो। भारतबाट आएपछि गरिएको परीक्षणबाट उनीहरुमा १६ दिनअघि कोभिड-१९ पुष्टि भएको थियो।

त्यसपछि सामाजिक विकास मन्त्रालयले उनीहरुको जिन सिक्वेन्सिङ गर्दा ओमिक्रोन भेरियन्ट देखिएको हो। 

ओमिक्रोन देखिनेहरूमा कञ्चनपुरको दोधराचाँदनी नगरपालिकाका ४२ वर्षीय र कञ्चनपुरकै पुनर्वासका २९ वर्षीय पुरुष रहेका छन्।

त्यस्तै डोटीको पूर्वीचौकीका ४८ वर्षीय पुरुष र बझाङको विथ्थडचिरका ३३ वर्षीय पुरुषमा पनि ओमिक्रोन संक्रमण पुष्टि भएको कार्कीले जानकारी दिएका छन्। 

कार्कीका कोरोनाको तेस्रो लहर सुरु भएपछि पछिल्लो पटक कोभिड देखिएकामध्ये १४६ जनाको जिन सिक्वेन्सिङका लागि पुस २५ मा स्याम्पल काठमाडौं पठाइएको थियो। जसमध्ये चारजनामा ओमिक्रोन भेरियन्ट देखिएको हो। 

तर ओमिक्रोन देखिएकाहरू अहिले सम्पर्कबाहिर रहेको पनि मन्त्रालयले जनाएको छ। उनीहरुलाई सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय र पालिकाहरुसँगको सहकार्यमा सम्पर्क प्रयास भइरहेको कार्कीले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad