ad ad

समाज


परीक्षण घटाइएसँगै शुक्रबार कोरोना संक्रमित पनि घटे

परीक्षण घटाइएसँगै शुक्रबार कोरोना संक्रमित पनि घटे

फाइल तस्बिर


नेपालखबर
माघ ७, २०७८ शुक्रबार १६:४९, काठमाडौँ

पछिल्लो २४ घण्टामा नेपालभर १० हजार ७३० कोरोना संक्रमित थपिएका छन्। 
स्वास्थ्य मन्त्रालयका अनुसार अनुसार पछील्लो २४ घण्टामा गरिएको आरटी पीसीआर परीक्षणबाट ८ हजार ८१५ जनामा कोरोना पुष्टि भएको छ।

त्यस्तै एन्टिनेज विधिबाट परीक्षणमा १ हजार ८८८ जनालाई कोरोना संक्रमण देखिएको छ।

सरकारले पछिल्लो २४ घण्टामा २३ हजार ९२ मा कोरोना परीक्षण गरेको छ। जसमा १८ हजार ६१८ पीसीआर र ४ हजार ४७४ एन्टिजेन छ।

परीक्षण घटेसँगै बिहीबारको तुलनामा शुक्रबार स‌ंक्रमणमा पनि कमी आएको हो। बिहीबार १२ हजार ३३८ कोरोना पुष्टि हुँदा शुक्रबार करिब २ हजारले ओरालो लागेको हो। 

यही अवधिमा ७६६ जनाको कोरोना संक्रमण निको भएको छ। शुक्रबार कोरोनाबाट तीनजनाले ज्यान गुमाएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .