ad ad

समाज


मोरङमा सडकको आगो ताप्ने विषयमा विवाद हुँदा ट्रक चालकको कान काटियो

मोरङमा सडकको आगो ताप्ने विषयमा विवाद हुँदा ट्रक चालकको कान काटियो

नेपालखबर
माघ ७, २०७८ शुक्रबार १०:१७, मोरङ

मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ विराटचोकमा आगो ताप्ने क्रममा विवाद हुँदा दुई युवकले ट्रक चालकको कान काटेका छन्।

प्रहरीका अनुसार उनीहरूले प्रदेश१–००१ख ८१८९ नम्बरको ट्रकका चालक ५२ वर्षीय बोधविक्रम मुखियाको देब्रे कान काटेका हुन्। मोरङकै उर्लाबारी नगरपालिका ७ का उनको अहिले विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ।

ट्रक रोकेर विराट चोकस्थित एक होटलमा राति खाना खाई सडकमा बालिएको आगो ताप्न गएका चालक मुखिया र ती युवकबीच झगडा भएको थियो। कान काटेर फरार दुई युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .