समाज


१३ करोड राजस्व नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सञ्चालक त्रिभुवन विमानस्थलबाट पक्राउ

१३ करोड राजस्व नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सञ्चालक त्रिभुवन विमानस्थलबाट पक्राउ

नेपालखबर
माघ २, २०७८ आइतबार ९:४७, काठमाडौँ

एसएचएल म्यानेजमेन्ट प्रालिका निमित्त प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभरलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा उनी पक्राउ परेका हुन्। गएराति १० बजे साउथ अमेरिका उड्न लागेका बेला उनी पक्राउ परेका हुन्। 

क्यासिनो सञ्चालन गरेबापत राजस्व नतिरी भाग्न लागेपछि उनलाई पत्राउ गरिएको मन्त्रालय स्रोतले जनाएको छ। उनलाई नेपाल छोड्नसमेत सरकारले रोक लगाएको छ।

उनले नेपाल सरकारलाई १३ करोड रुपैयाँ राजस्व तिर्नु पर्ने देखिएको छ। तर, त्यो रकम नतिरी उनी भाग्न लागेका थिए। गएराति भाग्न लागेका उनलाई मन्त्री आलेको निर्देशनमा पक्राउ गरिएको हो।

बोल्सोभरले ओसीपी एसियाको लगानीमा साङ्ग्रिला होटल लाजिम्पाट र भैरहवामा रहेको टाइगर प्यालेसमा सञ्चालित दुई वटा क्यासिनोको राजस्व तिरेका छैनन्।

‘मन्त्री आले र मन्त्रालयका सचिव महेश्वर न्यौपानेको निर्देशनमा उनी पक्राउ परेका हुन्,’ मन्त्रालय स्रोतले भन्यो।

बोल्सोभरले सञ्चालन गरेका दुई वटा क्यासिनोले प्रति क्यासिनो ६ करोड ५० लाख रुपैयाँका दरले १३ करोड रुपैयाँ पुस मसान्तभित्र दाखिला गर्नुपर्ने छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad