नेपालबाट पश्चिमी वायु बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।
बिहान ६ बजेकाे मौसम पूर्वानुमान बुलेटिनमा महाशाखाले मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको उल्लेख गरेको थियो। आज (शनिबार) साँझ ६ बजेकाे बुलेटिनमा भने देशमा उल्लेखनीय मौसमी नरहेकाे लेखिएकाे हाे।
बुलेटिनअनुसार आज राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ।
यस्तै भोलि आइतबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहनेछ।
महाशाखाको बुलेटिनअनुसार आइतबार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहनेछ।
यस्तै सोमबार दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहनेछ। यस दिन सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमापात हुने सम्भावना छ।
सोमबार राति भने देशभर मौसम आंशिक बदली मात्र हुने सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ।
Shares

प्रतिक्रिया