ad ad

समाज


स्रोत नखुलेको साढे १४ लाख रुपैयाँसहित एक भारतीय पक्राउ

स्रोत नखुलेको साढे १४ लाख रुपैयाँसहित एक भारतीय पक्राउ

शैलेन्द्र महतो
पुस २५, २०७८ आइतबार २१:२२, काठमाडौँ

सशस्त्र प्रहरीले रौतहटबाट स्रोत नखुलेको साढे १४ लाख रुपैयाँसहित एकजना भारतीय नागरिक पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित पूर्वी चम्पारण तिलहरा ७ बस्ने ३९ वर्षीय संजयकुमार जयसवाल छन्। 

भारतबाट बीआर ०५ एजी ८०५६ नम्बरको अपाचे मोटरसाइकलमा नेपाल प्रवेश गरेका जयसवाललाई आइतबार अपराह्न पौने ४ बजेको समयमा रौतहटको परोहा नगरपालिका १ बाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरी प्रदेश २ प्रमुख डीआईजी गणेश ठाडा मगरले जानकारी दिए। 

जाँच गर्ने क्रममा मोटरसाइकलको सिटमुनि लुकाइ ल्याउँदै गरेको १४ लाख ५० हजार स्रोत नखुलेको नेपाली रुपैयाँ बरामद भएको उनले बताए। 
पक्राउ परेका जयसवालमाथि थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। 

यसअघि पुस २२ गते मात्र सशस्त्र प्रहरीले धनुषाको नगराइनबाट स्रोत नखुलेको ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित धनुषाको लक्ष्मीनिया गाउँपालिका १ सिनुरजोराका २३ वर्षीय अमितकुमार यादवलाई पक्राउ गरेको थियो। यादव पनि भारतबाटै अपाचे मोटरसाइकलको ट्यांकीमा पैसा लुकाएर आउँदै थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .