इरानले अमेरिकी ड्रोन विमान क्षेप्यास्त्र प्रहार गरी खसाएपछि हवाई सेवा प्रदायक कम्पनीले इरानको हवाईक्षेत्र नजिकबाट गरिने उडानहरु स्थगित गरेका छन्।
अमेरिकी हवाई सेवा प्रदायक कम्पनी युनाइटेड एयरलाइन्सले आफ्नो एक उडानलाई स्थगित गरेको छ भने अन्य एयरलाइन्सले अन्य क्षेत्रबाटै उडानको तयारी थालेका छन्।
बिहीबार युनाइटेड एयरलाइन्सको विमान निवार्कदेखि भारतको मुम्बइका लागि उड्न लागेको थियो।
उक्त विमान गल्फ अफ ओमनबाट उड्दै आएको छ। जुन अन्तर्राष्ट्रिय हवाई क्षेत्र हो। तर इरानले अमेरिकी ड्रोन विमान खसाएपछि उसले उक्त उडान स्थगित गरेको जनाइएको छ।
बुधबार इरानले अमेरिकी ड्रोन बिमान आफ्नो हवाई क्षेत्रमा पसेपछि आफूले त्यसलाई ध्वस्त बनाएको बताएको थियो। अमेरिकाले त्यसको पुष्टीगर्दै अन्तर्राष्ट्रिय हवाई क्षेत्रमै अमेरिकी विमान इरानले खसाएको आरोप लगाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले गल्ती गरेको बताएका छन्।

इरानले खसाएको अमेरिकी ड्रोन
Shares

प्रतिक्रिया