समाज


बुलबुल आँधी हट्यो, दुई दिन मौसम सामान्य रहने

बुलबुल आँधी हट्यो, दुई दिन मौसम सामान्य रहने

नेपालखबर
कात्तिक २५, २०७६ सोमबार २:१०,

भारत र बंगलादेशमा आतंक मच्चाएको शक्तिशाली आँधी बुलबुलको प्रभाव हटेसँगै नेपालमा मौसम सामान्य भएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार अहिले भारत र बंगलादेशमा पनि उक्त आँधी अन्त्य भइसकेको छ।

उक्त आँधीका कारण भारत र बंगलादेशमा गरी ४ जनाको ज्यान गएको छ भने २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।

‘तर अहिले यो आँधी सकिएको छ,’ मौसमविद् नेपालखबरसँग श्रेष्ठले भने, ‘हिजो अस्ति उक्त आँधीको आंशिक प्रभाव नेपालमा पनि परेको थियो।’

अब भारत र बंगलादेशमा पनि उक्त आँधीको कुनै प्रभाव नरहेको उनको भनाइ छ।

उक्त आँधीका कारण प्रवेश गरेको बादलले यसअघि दुई/तीन दिन नेपालमा मौसम बदली, केही ठाउँमा वर्षाका साथै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात गराएको थियो।

उक्त आँधी सकिएसँगै नेपालमा पनि मौसम सामान्य भएको मौसमविद्ले बताएका छन्।

मौसमविद् श्रेष्ठका अनुसार आज पहाडी भेगमा आंशिक मात्र बदली छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।

‘आज र भोलि मौसम सामान्य रहनेछ,’ उनले भने, ‘पर्सि (बुधबार)बाट भने नेपालमा पश्चिमी वायु प्रवेश हुने देखिएको छ।’

पश्चिमी वायुको प्रवेशपछि मौसम बदली भई विशेषगरी उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना हुने उनले बताए।

‘तर यो कमजोर खालको हो,’ उनले भने, ‘त्यसैले मौसममा त्यति ठूलो प्रभाव नपर्ला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad