बंगालको खाडीमा शनिबार रातिदेखि सक्रिय बुलबुल समुद्री आँधिका कारण भारत र बंगलादेशका २० लाखभन्दा बढी विस्थापित भएका छन्।
बुलबुल आँधी भारतको सागर टापुनजिकैको पश्चिम बंगाल क्षेत्रमा शनिबार मध्यराति आइपुगेको हो। यो खबर एजेन्सीलाई उद्धृत गर्दै आजको कान्तिपुरमा छापिएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार आँधीका कारण ४ जनाको ज्यान गएको छ।

प्रतिक्रिया