समाज


अदालतका नासु घुससहित पक्राउ

अदालतका नासु घुससहित पक्राउ

नेपालखबर
कात्तिक २४, २०७६ आइतबार १६:१७,

अख्तियार दुरुपयोग अनुसनधान आयोगले रु १५ हजार घुस लिएको अभियोगमा जिल्ला अदालत पश्चिम रुकुममा कार्यरत नायब सुब्बा रमेशकुमार खड्कालाई पक्राउ गरेको छ।

नायब सुब्बा खड्कामाथि अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिला दर्ता पूर्जी उपलब्ध गराउनुपर्नेमा नगराई एक सेवाग्राहीसँग घुस लिएको आरोप लागेको छ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आयोगको सुर्खेतबाट गएको टोलीले यही कात्तिक २२ गते खड्कालाई रु १५ हजार घुससहित मुसिकोट नगरपालिका– १ खलङ्गास्थित राप्ती होटलबाट पक्राउ गरिएको हो। आयोगले अनुसन्धान कार्य जारी रहेका कारण उल्लेख गर्दै खड्काको पक्राउबारे आज सार्वजनिकरुपमा जानकारी दिएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad