नेपाली कांग्रेसले कालापानी र लिपुलेकका सन्दर्भमा प्रदर्शन गरिरहेका विद्यार्थी नेतालाई प्रहरीले गिरफ्तार गरेको भन्दै विना शर्त रिहाई गर्न माग गरेको छ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति प्रकासित गरी विद्यार्थी नेताहरुगिरफ्तार गरिएकोमा ध्यानाकर्षण भएको जनाएका छन्।
विद्यार्थी नेताहरु प्रेम शाही, शैलेन्द्र गौडेल, सुरज सेजुवाल, पंकज सुवेदी, लक्ष्मी सिलवाल, अशोक बिष्ट, अनुराग साह, बलराम ढकाल, शिखर खड्का र मनोज बास्तोलालाई प्रहरीले काठमाडौंको प्रदर्शनीमार्गबाट गिरफ्तार गरेको हो।

प्रतिक्रिया