बिरामी भएर समस्यामा परेका नागरिकको हेलिकप्टरबाट आज उद्धार गरिएको छ।
माथिल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–५ का ८० वर्षीय तुनदुुप लामालाई हेलिकप्टरद्वारा उद्धार गरी काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए।
ढाडको समस्याबाट पीडित लामा हप्ता दिनदेखि बिरामी भएर समस्यामा परेपछि हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि पठाएको उनले बताए। व्यक्तिगत खर्चमा हेलिकप्टरबाट उद्धार गरिएको थियो।रासस

प्रतिक्रिया