मेक्सिकोका लागूपदार्थ तस्करले कारमा आक्रमण गर्दा ६ बालबालिका सहित ९ अमेरिकी नागरिकको मृत्यु भएको बीबीसीले जनाएको छ।
मृत्यु हुनेमा ६ जना बालबालिका र तीन महिला रहेको जनाइएको छ। मृत्यु हुने दुई जनाको उमेर एक वर्षभन्दा पनि कम रहेको छ।
कारमा यात्रा गरिरहेका अमेरिकीमाथि बम आक्रमण भएको थियो। आक्रमणमा परेको मानिसहरु एकै परिवारका थिए।
मेक्सिकोका सुरक्षा मन्त्रीका अनुसार आक्रमणकारीले गल्तीले उनीहरुमाथि आक्रमण गरेका हुन सक्छन्।

उत्तरी मेक्सिकोको सिनोरा राज्यमा दुई लागूपदार्थ तस्करबीच विवाद छ। उनीहरु बीच समय समयमा झडप भइरहन्छ। एक समूहले कारमा यात्रा गरिरहेका अमेरिकी नागरिकलाई अर्को समूह सम्झिएकाले यस घटना भएको आशंका गरिएको छ।
यस घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति दुख व्यक्त गर्दै भनेका छन्,‘मेक्सिकोले अमेरिकाको मद्दतमा लागूपदार्थ तस्करविरुद्ध कारवाही गर्नुपर्छ। उनीहरुको नामानिशान मेट्नुपर्छ। हामी मेक्सिकोका राष्ट्रपतिको फोनको पर्खाइमा छौं।’

प्रतिक्रिया