ad ad

समाज


लिम्पियाधुरामा प्रत्यक्ष जनगणना भएन, टेलिफोन र इन्टरनेटबाटै तथ्यांक संकलन

लिम्पियाधुरामा प्रत्यक्ष जनगणना भएन, टेलिफोन र इन्टरनेटबाटै तथ्यांक संकलन

यज्ञराज जोशी
मंसिर १०, २०७८ शुक्रबार १२:२९, काठमाडौँ

केन्द्रीय तथ्यांक विभागले सुदूरपश्चिमका तीन भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरामा भौतिक उपस्थितिमा जनगणना गर्न नसकिएको बताएको छ। 

प्रत्यक्ष उपस्थित भएर जनगणना गर्न भारतीय अवरोधपछि अहिले टेलिफोन र इन्टरनेटबाटै तथ्यांक संकलन भइरहेको विभागले बताएको हो। 

विभागका महानिर्देशक नेबिललाल श्रेष्ठले भने, ‘भौतिक उपस्थितिमा जनगणना गर्न सकिएन, अहिले टेलिफोन र इन्टरनेटबाटै तथ्यांक संकलन गरिरहेका छौँ, संकलन भएपछि रिपोर्ट निकाल्छौँ।’ 

उनका अनुसार जारी जनगणना सम्पन्न भएको छ। विभागको अनुमानमा नेपालको ताजा जनसंख्या २ करोड ८० लाखदेखि ३ करोडसम्म हुनेछ। 

आगामी तीन महिनाभित्र प्रारम्भिक नतिजा सार्वजनिक गर्ने विभागले बताएको छ। 

छुटफुटको फोन गरेको आधारमा र यसअघि घर सूचीकृत भइसकेकाको ४/५ दिन संकलन गरिने पनि विभागको भनाइ छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .