समाज


इजाजतबिना रामदेवका दुई टीभी च्यानल : सूचना विभागको टोली पुग्यो मण्डिखाटार

इजाजतबिना रामदेवका दुई टीभी च्यानल : सूचना विभागको टोली पुग्यो मण्डिखाटार

सूचना विभागका अधिकारीहरु पतञ्जलिको कार्यालयमा। तस्बिर : नेपालखबर


नेपालखबर
मंसिर ५, २०७८ आइतबार १३:४५, काठमाडौँ

भारतीय बाबा रामदेवको संस्था पतञ्जलि नेपालले इजाजत पत्र नै नलिई दुई टेलिभिजन च्यानल चलाउन लागेको समाचार आएपछि सूचना तथा प्रसारण विभागको टोली मण्डिखाटार पुगेको छ।

पतञ्जली नेपाल र आस्था नेपाल नाम दिइएका दुवै टीभी च्यानल नेपालमा कहीँ पनि दर्ता नभएको नेपालखबरले पहिलो पटक रिपोर्ट गरेपछि सूचना विभागले छानबिन थालेको हो।

पतञ्जलिका दुवै टीभी गैरकानुनी, इजाजतै नलिएका च्यानल प्रधानमन्त्रीद्वारा उद्घाटन

विभागका अधिकारीहरुको एउटा टोली अहिले काठमाडौंकै मण्डिखाटारस्थित दुवै टेलिभिजन च्यानलको कार्यालयमा पुगेर सोधपुछ थालेको हो। 

उक्त टोलीमा रहेका अधिकारीहरूबारे सूचना विभागले केही पनि खुलाएको छैन। यी दुवै टीभी च्यानलले नेपाल सरकारबाट प्रसारणका लागि इजाजतपत्र नै नलिएको समाचार आएपछि सामाजिक सञ्जालमा यसको चर्को विरोध भइरहेको छ। 

पतञ्जली नेपालले सञ्चालनमा ल्याएका दुई टीभी च्यानल-आस्था नेपाल र पतञ्जलि नेपालको उद्घाटन प्रधानमन्त्री देउवाले मण्डिखाटारस्थित पतञ्जली आश्रममा शुक्रबार गरेका थिए।  

नेपालमा टेलिभिजन प्रसारणका लागि सञ्चार मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले इजाजत दिने गर्छ। पतञ्जलिले टीभी च्यानल प्रसारणका लागि इजाजतपत्र नै नलिएको खुलेपछि विभाग सक्रिय भएको हो। 

भिडियो

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .