महोत्तरीको गौशाला नगरपालिका–१० भरतपुरमा एक युवतीको विभत्स हत्या भएको छ।
गौशाला–१० भरतपुरका विष्णुकुमार श्रेष्ठकी छोरी २७ वर्षीया छोरी अञ्जुकुमारी श्रेष्ठको घरैमा हत्या भएको महोत्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।
राति अन्दाजी १ बजेतिर ८/१० जनाको समूहमा आएका हतियारधारीले श्रेष्ठको घरमा चोरी गर्न थालेपछि अञ्जुकुमारीले होहल्ला गर्दै छिमेकीसँग गुहार मागेकी थिइन्।
होहल्ला गरेपछि उनीमाथि आक्रमण भएको बुढाथोकीले बताए।
छुरा प्रहारबाट गम्भीर घाइते भएकी अञ्जुलाई उपचारको लागि जनकपुर लैजाँदै गर्दा मृत्यु भएको हो।
घाइते युवतीलाई सुरुमा उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गौशाला लगिएको थियो।
त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा बिहान पौने ५ बजेतिर बाटोमै उनको मृत्यु भएको हो।
अञ्जुले हल्लाखल्ला गरेपछि डाका समूह उनलाई आक्रमण गरी भागेका प्रहरीले जनाएको छ।
राति २ बजेदेखि नै प्रहरी चौकी कान्तिबजारबाट प्रहरी नायब निरीक्षक बलबहादुर माझीको नेतृत्वमा घटनास्थलमा प्रहरी खटिएको छ।
अहिले विभिन्न नाकामा हत्याराहरुको व्यापक खोजतलाससुरु गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
Shares

प्रतिक्रिया