ad ad

कारोबार


मंगलबार १ अर्ब ६६ करोडको ट्रेजरी जारी गर्दै राष्ट्र बैंक

मंगलबार १ अर्ब ६६ करोडको ट्रेजरी जारी गर्दै राष्ट्र बैंक

नेपालखबर
कात्तिक १७, २०७६ आइतबार १०:०,

नेपाल राष्ट्र बैंकले मंगलबार १ अर्ब ६६ करोडको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभागले ट्रेजरी बिल बिक्री गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार ९१ दिने अवधिको १० करोडको र एक वर्ष अवधिको १ अर्ब ५६ करोडको गरी कुल १ अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो। कुल अफर गरिएको मध्ये १५ प्रतिशतमा अप्रतिस्पर्धी बोलकबोलकर्तालाई रिजर्भ गरिएको र छुट आम्दानीमा कर लाग्ने राष्ट्र बैंकको भनाइ छ।

यसअघि पनि यही कात्तिक ७ गते राष्ट्र बैंकले ९१ दिने १० करोडको र ३ सय ६४ दिने २ अर्बको गरी २ अर्ब १० करोडको ट्रेजरी बिक्री गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .