समाज


सुकुटे बिचनजिकै सुनकोसीमा बस खस्यो, चारको मृत्यु, १५ घाइते

सुकुटे बिचनजिकै सुनकोसीमा बस खस्यो, चारको मृत्यु, १५ घाइते

नेपालखबर
कात्तिक १७, २०७६ आइतबार ८:१३,

दोलखाबाट काठमाडौँ आउँदै गरेको बस सुनकोसीमा खसेको छ।

 दोलखाको मागा देउरालीबाट काठमाडौँ आउदै गरेको बा २ ख ७२४५ को यात्रुबाहक बस सुकुटे बिचनजिकै सुनकोसी नदीमा खसेको हो।

प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले दुर्घटनामा ४ जनाको मृत्यु भएको पुष्टि भएको बताए। उनका अनुसार दुर्घटनामा १५ जना घाइते छन्।

‘केहीलाई नदीले बगाएको भन्ने छ, प्रहरी खोजी र उद्दारमा जुटेको छ’ डीआईजी पोखरेलले नेपालखबरसँग भने।

डीआईजी पोखरेलका अनुसार दुर्घटनामा परेको बस शैलुंगेश्वरी यातायातको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .