समाज


जगदुल्लामा ‘एक घर एक व्यवसाय’ सुरु

जगदुल्लामा ‘एक घर एक व्यवसाय’ सुरु

नेपालखबर
कात्तिक १६, २०७६ शनिबार १०:१४,

डोल्पाको जगदुल्ला गाउँपालिकाले ‘एक घर एक व्यवसाय’ सुरु गरेको छ। प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र गाउँपालिकाको संयुक्त लगानीमा एक घर एक व्यवसाय सुरु गरिएको हो।

गाउँपालिकाले वडा नं ४ मा पर्ने भालु पाटनमा संयुक्त चौँरी फार्म स्थापना गरेर एक घर एक व्यवसाय कार्यक्रमको शुरुआत गरेको हो । उक्त वडाअन्तर्गत पर्ने चौँरीकोट गाउँका सम्पूर्ण घरधुरी कृषक लाभान्वित हुने गरेर फार्मको स्थापना गरिएको बताइएको छ।

चौँरीकोटवासीको जीवनस्तर माथि उकास्दै आत्मनिर्भर बनाउने लक्ष्यका साथ एक घर एक व्यवसाय सुरु गरिएको गाउँपालिकाका अध्यक्ष नारसिंह रोकायले बताए। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको रु ५० लाख र गाउँपालिकाले एक घर एक व्यवसाय शीर्षकमा छुट्याएको रु ३२ लाख गरेर ८२ लाख लागतमा व्यवसाय शुरु गरिएको उनले जानकारी दिए।

करिब चार हजार मिटर उचाइमा रहेको उक्त चौँरी फार्म व्यावसायिक मात्रै नभएर पर्यटकीय क्षेत्रसमेत भएको अध्यक्ष रोकायको भनाइ छ। चौँरी फार्म आसपासबाटदेखि बाह्रै महिना हिउँ जमिराख्ने सेताम्य हिमाल, त्यहाँबाट देखिने छिमेकी जिल्ला जुम्लाका विभिन्न ठाउँको दृश्य साँच्चिकै मनमोहक भएकाले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताए।

उनले यस क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। गोठालाका लागि सुविधा सम्पन्न भवन, चौँरीका लागि आधुनिक गोठसमेत निर्माण गरिएको छ भने फार्म आसपासका क्षेत्र घेरबार गरिएको छ। हाल यस फार्ममा ५३ चौँरी रहेकाले फार्मले निकट भविष्यमै दूध, दही, घिउ, पुवा, छुर्पी, चौँरीपोर्टलगायतका वस्तु उत्पादन गरेर मनग्य आम्दानी गर्ने लक्ष्य लिइएको छ।

उक्त फार्ममा उत्पादन गरिएका दुग्धजन्य पदार्थ बिक्री वितरणका लागि रु पाँच लाख खर्च गरेर डेरीसमेत स्थापना गरी सञ्चालनमा ल्याइएको छ। सो व्यसायबाट थुप्रै रोजगारीका अवसर सिर्जना हुने स्थानीयले विश्वास गरेका छन्। गाउँपालिकाले व्यवसायको सम्भाव्यता अध्ययन गरेर अन्य वडामा पनि निकट भविष्यमा एक घर एक व्यवसाय शुरु गर्ने लक्ष्य लिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad