ad ad

समाज


चीनले नेपाली सेनालाई दियो ३ लाख डोज खोप

चीनले नेपाली सेनालाई दियो ३ लाख डोज खोप

नेपालखबर
कात्तिक २२, २०७८ सोमबार १४:३७, काठमाडौँ

चीनले नेपाली सेनालाई ३ लाख डोज खोप सहयोग स्वरुप उपलब्ध गराएको छ। 

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई सोमबार एक कार्यक्रमबीच ३ लाख डोज भेरोसिल कोरोना बिरुद्धको खोप हस्तान्तरण गरिन्। चिनियाँ जनमुक्ति सेनाका तर्फबाट नेपाली सेनालाई उक्त सहयोग उपलब्ध गराइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। 

खोपका अलावा १० थान भेन्टिलेटर र १०० थान अक्सिजन कन्सनट्रेटर पनि चीनले नेपाली सेनालाई उपलब्ध गराएको छ। 

नेपाली सेनाका रथीहरु तथा अधिकृतहरुको उपस्थिति रहेको उक्त हस्तान्तरण कार्यक्रममा प्रधान सेनापति महारथी शर्माले उक्त सहयोगको लागि मित्रराष्ट्र चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद ज्ञापन गरे।

‘यस किसिमको सहयोगबाट नेपाली सेनाका सकलदर्जा एवं प्राथमिकताका आधारमा हिताधीकारीहरु समेत लाभान्वित हुने र यसबाट महामारी बिरुद्धको लडाइमा नेपाली सेना थप प्रभावकारी रुपमा नेपाली जनताको सेवामा लाग्न सक्षम हुने तथा दुई देशका सेनाबीच रहेको सम्बन्ध थप मजबुद हुने विश्वास लिइएको छ’ सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्तिमा भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .