समाज


छठ पर्वको मुख्यदिन आज, नदी र पोखरीमा पूजाको तयारी

छठ पर्वको मुख्यदिन आज, नदी र पोखरीमा पूजाको तयारी

नेपालखबर
कात्तिक १६, २०७६ शनिबार २:२०,

शुद्धता, सद्भाव र आस्थाको पर्व छठ श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ।

सूर्यको आराधना गरी मनाइने छठ पर्व अन्तर्गत व्रतालुले आज (शनबिार) साँझ कुण्ड, पोखरी र तलाउमा उभीएर अस्ताउँदो सूर्यलाई अध्र्य दिँदैछन्।

भोली (आइतबार) बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो पर्व सम्पन्न हुन्छ।

परम्परागत रूपमा तराईमा केन्द्रित छठ केही वर्षयता काठमाडौँ उपत्यकामा समेत उत्साहकासाथ मनाउन थालिएको छ।

दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अघ्र्य दिई पूजापाठ गर्ने प्रचलन छ।

सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासअनुरुप पारस्परिक आत्मीयता र सद्भावको प्रतीकका रुपमा यो पर्व मनाइन्छ।

छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यसमेत रहेको छ। वैज्ञानिक, ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन्।

जनकपुरधाममा गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायतका कुण्ड, पोखरी, तलाउमा छठको रौनक सुरु भइसकेको छ।

गए राति खरना सम्पन्न भएदेखि नै श्रद्धालु जलाशयमा बनाइएको घाटमा पूजा सामग्री राखी छठपर्वको भक्तिमय वातारवणको अनुभूति गराइरहेका छन्।

धनी, गरिब, मधेसी, पहाडी, हिन्दु, मुस्लिम, महिला, पुरुषलगायत सबै वर्ग, समुदाय र तहतप्कामा छठ पर्व लोकप्रिय बन्दै गएको छ। यो पर्वले नेपाली–नेपालीबीचको एकताको सूत्रलाई थप बलियो पार्ने काम गरेको जानकारहरु बताउँछन्।

विशेष शुद्धाशुद्धि, हर्षोल्लास र परिवार, मित्रजन तथा आफन्तजनसँगको भेटको अवसरका रूपमा मनाइने यो पर्वले मुलुकमा सामाजिक समानता कायम गर्न मद्दत पु¥याएको छ।

छठ पूजाका लागि राजधानी काठमाडौँस्थित कमलपोखरी विशेष रूपमा सजाइएको छ। रानीपोखरी निर्माणाधीन अवस्थामा रहेकाले कमलपोखरीमा नै रानीपोखरीको झल्को दिने गरी अस्थायी रूपमा गोपालेश्वर मन्दिर निर्माण गरिएको छ।

छठको पूजा आराधनाका लागि कमलपोखरीमा शनिबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायत पुग्ने कार्यक्रम छ।

कमलपोखरीमा तीन सयभन्दा बढी व्रतालुले पूजा अर्चनाका लागि स्थान लिइसकेका छन्।

यसैगरी पशुपतिस्थित गुह्येश्वरी र बाग्मती–मनोहरा दोभानमा समेत विगत वर्षझैँ यो वर्ष पनि छठ पूजाका लागि विशेष तयारी गरिएको छ।

त्यसैगरी राजधानीको नक्सालस्थित नागपोखरीमा समेत यो वर्ष पहिलोपटक छठ पूजाको तयारी गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad