केही दिनयताको प्रदूषणका कारण भारतको राजधानी दिल्ली र आसपास क्षेत्रको जनजीवन कष्टकर बनेको छ।
प्रदूषणका कारण सर्वसाधारणलाई श्वास फेर्नसमेत गाह्रो भएको छ।
दुई सताअघिसम्म पनि दिल्लीको आकाश खुला रहेकामा केही दिनयता प्रदूषणका कारण पूरै धुम्म भएको छ। यो खबर नयाँदिल्लीबाट सुरेशराज न्यौपानेले आजको कान्तिपुरमा लेखेका छन्।
दिल्ली र आसपासका क्षेत्रमा रहेका कलकारखाना, अत्यधिक सवारीसाधन तथा पन्जाब र हरियाणाका खेतमा पराल जलाएका कारण यो हदसम्म प्रदूषण बढेको अनुमान गरिएको छ।
दिल्ली सरकारले अत्यावश्यक काममा बाहेक बाहिर ननिस्किन सर्वसाधारणलाई आह्वान गरेको छ।
3
Shares

प्रतिक्रिया