समाज


दुर्घटनामा विदेशी पर्यटकको मृत्यु

दुर्घटनामा विदेशी पर्यटकको मृत्यु

नेपालखबर
कात्तिक १५, २०७६ शुक्रबार १३:२,

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ मर्स्याङ्दी रिसोर्ट नजिक आज भएको मोटरसाइकल दुर्घटनामा परी एक विदेशी पर्यटकको मृत्यु भएको छ।

आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको प्रदेश ३–०२००५ प ७६०८ नं को मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालक विदेशी पर्यटकको मृत्यु भएको हो। मृत्यु हुनेमा नेदरल्याण्डका नागरिक ६२ वर्षीय ज्याकप स्याक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

मोटरसाइकल दुर्घटनामा घाइते भएका उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .