ad ad

समाज


मोतीपुरमा जग्गा अतिक्रमण गर्न उक्साएको आरोपमा कपिलवस्तुका एक व्यक्ति पक्राउ

मोतीपुरमा जग्गा अतिक्रमण गर्न उक्साएको आरोपमा कपिलवस्तुका एक व्यक्ति पक्राउ

सुदीप भण्डारी
कात्तिक २, २०७८ मंगलबार २०:८, काठमाडौँ

मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न उक्साएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले कपिलवस्तुको शुद्धोधन गाउँपालिका ६ घर भई हाल बुटवल ११ देवीनगर बस्ने ४४ वर्षीय साविर अलि मुसलमानलाई पक्राउ गरेको हो।

उनले जग्गा अतिक्रमणको लागि मानिसहरुलाई उक्साउने, टोली गठन गर्ने, जग्गा बाँडफाँड गर्ने, समिति गठन गरी अध्यक्षता गर्ने गरेको प्रहरीको दाबी छ। त्यस्तै ब्यानर निर्माण गर्ने, माइनटिङ तयार गर्ने जस्ता कार्यको पनि उनले नेतृत्व गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। उनलाई सोमबार राति आफ्नै कोठाबाट पुर्जी दिइ पक्राउ गरिएको हो,

सार्वजनिक शान्ति विरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट मंगलबार १० दिनको म्याद लिइ अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रवक्ता प्रहरी निरिक्षक भास्कर चन्दले जानकारी दिए। 

साविरको डेरामा ब्यानर ३ थान, माईनटिङको प्रतिलिपी, टोली गठन गरेको सम्पर्क नम्बर सहितको नामावली उल्लेख भएको कागजातहरु थान १३, बस्ती विकासको सहयोग रसिद थान २ फेला परेको र सो घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजतलास भइरहेको प्रहरी निरिक्षक चन्दले जानकारी दिए।

असोज २४ गते मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न आएकाहरु र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागेर ४ जनाको मृत्यु भएको थियो।

त्यस्तै प्रहरी र प्रदर्शनकारी दुवैतर्फ गरी ५० भन्दा बढी घाइते भएका थिए। घटनापछि सोही दिन अपरान्हबाट कर्फ्यू जारी गरिएको थियो। कर्फ्यू हटाइए पनि अहिले सो क्षेत्रमा निषेधाज्ञा जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .