समाज


सिटिजन बैंक लुटपाटमा संलग्न थप एक भारतीय पेस्तोलसहित पक्राउ

सिटिजन बैंक लुटपाटमा संलग्न थप एक भारतीय पेस्तोलसहित पक्राउ

नेपालखबर
कात्तिक २, २०७८ मंगलबार १६:३२, काठमाडौँ

असोज २५ गते मोरङस्थित सिटिजन बैंकमा हतियारसहित लुटपाटको प्रयास गर्ने थप एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको अररिया फारवेसगञ्ज १० का २० वर्षीय रोशन यादव छन्। उनको साथबाट एउटा पेस्तोल, त्यसको म्यागजिन र लागुऔषध गाँजा पनि फेला परेको मोरङ प्रहरीले जानकारी दिएको छ। 

सोही लुटपाटमा संलग्न तीनजनालाई घटना भएकै दिन प्रहरीले पक्राउ गरेको थियो। विराटनगर महानगरपालिका ८ का ३२ वर्षीय श्याम मुखिया, भारत अररिया सेखपुरा ५ का २८ वर्षीय सुनिल यादव, भारत अररिया गोराहा ४ का ३० वर्षीय बिजय सहनी यसअघि नै पक्राउ परेका थिए। 

मोरङको धनपालथान गाउँपालिका ४ स्थित कर्सियाको विपि चोकमा रहेको सिटिजन बैंकमा लुटपाट भएको थियो।

उनीहरुले यसअघि असोज २२ गते बिराटनगर महानगरपालिका ७ को सेन्ट्रल मल अगाडि रहेको कोटेक्स ट्रेडिङ सप्लायर्सका सञ्चालकलाई हातहतियार देखाई नगद १२ हजार रुपैयाँ लुटपाट गरेको समेत खुलेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .