समाज


भारतको उत्तराखण्डमा आएको बाढीमा तीन नेपाली मजदुरको मृत्यु

भारतको उत्तराखण्डमा आएको बाढीमा तीन नेपाली मजदुरको मृत्यु

नेपालखबर
कात्तिक २, २०७८ मंगलबार १४:५, काठमाडौँ

भारतको उत्तराखण्डमा भारी वर्षापछि आएको बाढीमा परी तीन नेपाली मजदुरको मृत्यु भएको छ। इन्डिया टुडेले उल्लेख गरेअनुसार सोमबार बाढीको कारण उत्तराखण्डमा मृत्यु हुने पाँचमध्ये तीन नेपाली मजदुर हुन्।

उत्तराखण्डको पाउरी जिल्लाको सामखालमा टेन्टमा बसेका तीन मजदुरको बाढीले बगाउँदा मृत्यु भएको हो। यद्यपि समाचारमा उनीहरुको पहिचान भने खुलाइएको छैन।

उत्तराखण्डमा आएको बाढीसँगै राज्यका अधिकारीहरुले चारधाम यात्रा नगर्न तीर्थालुहरुलाई सुझाएका छन्। यसअघि भारतको मौसम विभागले उत्तराखण्डको १३ जिल्लामा आइतबारदेखि मंगलबारसम्म भारी वर्षा, चट्याङ, असिनापानी र हावाहुरी आउन सक्ने बताएको थियो।

भारी वर्षाको कारण आएको बाढीको कारण रामनगर–रानीखेत रुटको लेमन ट्रि रिसोर्टमा रहेका करिब एकसय मानिसहरु थुनिएका छन्। भारतीय समाचार एजेन्सी एएनआईका अनुसार अहिले उनीहरुको उद्धारको काम चलिरहेको छ।

कोशी नदीमा पानीको बहाव बढेसँगै नदीको पानी रिसोर्टमा पसेको हो। यससँगै रिसोर्ट जाने बाटो बन्द भएको छ। 

बाढीमा परी दर्जनौं मानिस घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad