ad ad

समाज


बुधबारसम्म सजगता अपनाउन मौसमविद्को आग्रह

बुधबारसम्म सजगता अपनाउन मौसमविद्को आग्रह

नेपालखबर
कात्तिक १, २०७८ सोमबार ७:०, काठमाडौँ

बंगालको खाडी र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण केही दिन नेपालको मौसम प्रभावित हुने देखिएको मौसमविद्ले बताएका छन्। 

यसका कारण देशभर वर्षा, हिमपात र हावाहुरीको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार अहिले गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। 

‘आज दिउँसो र राति पनि वेदर (मौसम) डिस्टर्ब (गडबड) नै हुन्छ’, मौसमविद् बासीले सोमबार बिहान नेपालखबरसँग भनिन्, ‘विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, प्रदेश १ र २ का धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ, साथै यी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।’

मौसमविद् मञ्जु बासीका अनुसार आज दिउँसोपछि काठमाडौं उपत्यकामा पनि मध्यमसम्म वर्षाको सम्भावना छ। ‘यहाँ आजलाई भारी वर्षाको चाहिँ सम्भावना देखिएको छैन’, उनले भनिन्। 

उनका अनुसार बुधबारसम्म देशभर मौसमसम्बन्धी सजगता अपनाउनुपर्ने देखिएको छ।

‘हाल बंगालको खाडीमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण केही दिन नेपालको मौसम प्रभावित हुने देखिन्छ। सोमबार र मंगलबार विशेषगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका तथा प्रदेश १ (मंगलबारदेखि) का धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र केही स्थानहरूमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित भारी वर्षा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना छ’, मौसम पूर्वानुमान महाशाखाले आइतबार साँझ जारी गरेको विशेष मौसम बुलेटिन पोस्ट मनसुन–२ मा भनिएको छ, ‘बुधबार प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित भारी वर्षा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना  छ। उच्च पहाडी तथा हिमाली भूभागहरूमा हिमपातको पनि सम्भावना छ। तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिई सजग रहनु हुन अनुरोध छ। विशेषतः यात्रा तथा कृषि कार्य गर्दा सजग रहनुहोला।’

मौसमविद् मञ्जु बासीका अनुसार पोस्ट मनसुनको अवधि २ महिनाको हुन्छ। यस अवधिमा मनसुनको अलिअलि र विन्टर अर्थात् हिउँद यामकाे संयुक्त प्रभाव हुन्छ। पाेस्ट मनसुन सकिएपछि विन्टर सुरु हुन्छ।

मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) बिहान ६ बजे जारी गरेको मौसम अनुमान यस्तो छ–  (नोट : दिउँसो भन्नाले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म र राति भन्नाले साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म)

सोमबार (आज)
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै प्रदेश १, २ र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना छ। प्रदेश १, २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै प्रदेश १, २ र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना छ। प्रदेश १, २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ। सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावाना छ।

मंगलबार
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै प्रदेश १ र बागमती प्रदेशका केही तथा प्रदेश न २ का थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ। सुदूरपश्चिम प्रदेशका केही र प्रदेश १, लुम्बिनी, कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ।  प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

बुधबार
दिउँसो
: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ। प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

राति : देशभर सामान्य बदली रहनेछ। प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा साथै बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .