ad ad

समाज


पटाका पड्काउँँदा सप्तरीमा आगलागी, तीन लाखको क्षति

पटाका पड्काउँँदा सप्तरीमा आगलागी, तीन लाखको क्षति

नेपालखबर
कात्तिक १२, २०७६ मंगलबार १५:३५,

पटका पड्काउने क्रममा सप्तरीको राजविराजमा आज राति ७ बजे अचानक आगलागी हुँदा तीन लाखको क्षति भएको छ।

राजविराज नगरपालिका–८ स्थित हिमालय टोलमा स्थानीयवासी शिवेश सिंहको घरमा पटका पड्काउने क्रममा आगलागी भएको स्थानीयवासी शोरभ यादवले जानकारी दिए। उनको एउटा घर पूर्णरुपमा जलेर नष्ट भएको पीडित परिवारले जनाइएको छ।

सो आगलागीबाट नगद, जिन्सी, भाँडाकुँडा र सरसमान जलेर नष्ट हुँदा करीब तीन लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ। आगोलाई स्थानीयवासी र प्रहरीको सहयोगमा निभाइएको छ।

समयमा बारुण यन्त्र नपुग्दा आगोबाट बढी क्षति भएको स्थानीयवासी यादवको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .