ad ad

समाज


फिलिपिन्समा भूकम्प जाँदा छ जनाको मृत्यु, तीन सय घाइते

फिलिपिन्समा भूकम्प जाँदा छ जनाको मृत्यु, तीन सय घाइते

नेपालखबर
कात्तिक १२, २०७६ मंगलबार १५:२९,

दक्षिण फिलिपिन्समा मंगलबार गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा ६ जनाको मृत्यु भएको फिलिपिन्सका अधिकारीले बताएका छन्। भूकम्पका कारण तीन सयभन्दा बढी व्यक्ति घाइते भएका बताइएको छ।

भूकम्प धक्का कतिपय स्थानमा एक मिनेटसम्म अनुभव गरिएको थियो। भूकम्पबाट सर्वसाधारणका घरहरुका साथै ठुल्ठूला भवनहरु र स्कुलका कक्षाकोठाहरुमा क्षति पुगेको छ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्प ६.६ म्याग्निच्युडको थियो। यसलगत्तै अरु ५.८ म्याग्नीच्यूडको परकम्प जानुका साथै अरु ससाना परकम्पहरु पनि गएका थिए। पहिलो धक्का स्थानीय समयअनुसार बिहान ९ः०४ मा तादुनान शहरको २५ किलोमिटर दक्षिणपूर्वमा सात किलोमिटरको गहिराइमा भूकम्पको केन्द्रविन्दु रहेको थियो।

भूकम्पका कारण स्थानीय प्रशासनले स्कुलहरु बन्द गर्न सूचना जारी गरेको थियो। दुई साताअघि पनि फिलिपिन्समा ६.४ म्याग्नीच्यूडको भूकम्प गएको थियो । उक्त भूकम्पबाट कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै दर्जनौं भवनमा क्षति पुगेको थियो। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .