समाज


तीन जनाको लिङ्ग काटेर हत्या गरिएपछि तिहारमा सिङ्गो गाउँ शोकमा

तीन जनाको लिङ्ग काटेर हत्या गरिएपछि तिहारमा सिङ्गो गाउँ शोकमा

नेपालखबर
कात्तिक १२, २०७६ मंगलबार ८:३६,

सबैतिर तिहारको रौनक छाइरहेका बेला बैतडीको पुर्चौडी नगरपालिका–४ र ५ भने तीन जनाको सामूहिक हत्यापछि शोकमा डुबेको छ।

भारतको पिथौरागढमा मजदुरी गर्दै आएका पुर्चौंडी नगरपालिका–५ दहतोलीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय वीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको हत्या भएपछि सिङ्गो गाउँ शोकमा डुबेको स्थानीय तथा जिल्ला समन्वय समिति उपप्रमुख धनबहादुर बोहराले बताए।

‘सबैतिर तिहारको रौनक छ तर यहाँको बोहरा गाउँ भने शोकमा डुबेको छ’, उपप्रमुख बोहराले रासससँग भने।

रोजगारीको लागि भारतको पिथौरागढमा रहेका उनीहरु तीनैजनाको कात्तिक ८ गते पिथौरागढको सिलौल मड भन्ने स्थानमा लिङ्ग काटेर हत्या भएपनि गाउँमा भने कात्तिक १० गते मात्रै खबर प्राप्त भएको थियो। हरे बोहरा र बीरा बोहरा सहदोर भाइ हुन्।

उनीहरु पिथौरागढको सिलौल मड भन्ने ठाउँमा गएको डेढ वर्षयतादेखि मजदुरी गर्दै आइरहेका बताइएको छ। बीरा बोहरा तथा हरे बोहराका ७० वर्षीया आमा मनोरी बोहरा गाउँमै बस्दै आएको पुर्चौंडी नगरपालिका–५ का वडाअध्यक्ष नागीसिंह खडायतले बताए।

बीरा बोहराका श्रीमती र छोराछोरी भने कैलालीको फूलबारीमा बस्दै आएको बताइएको छ। बीर बोहरा केही महिना अघि मात्रै दाजु भाउजु भेट्ने भनेर पिथौरागढ गएका थिए। मृतक हरे बोहराका श्रीमती कीर्रा बोहरा पनि मजदुरीका लागि भारतमै सँगै रहेको भएपनि उनी घटनापश्चात फरार रहेकी छन्।

कीर्रा बोहरा बझाङ पुगेको खबर प्राप्त भएको जिल्ला समन्वय समितिका उपप्रमुख धनबहादुर बोहराले बताए। कीर्रा फरार रहेकाले हत्यामा उनको संलग्नता रहेको हुनसक्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमलाई उद्धित गर्दै भारतीय प्रहरीले जनाएको छ।

पहिलेको श्रीमानलाई छोडेर कीर्राले हरे बोहरासँग बिहे गरेको उनका आफन्तले बताएका छन्।

स्वदेशमै रोजगारी नहुँदा बैतडीका अधिकांश ग्रामीण क्षेत्रका युवा रोजगारीका लागि भारत पस्ने गरेका छन्। रोजगारीको लागि भारत गएका युवा विभिन्न समस्या झेल्दै आएका छन्।

हत्या गरिएका तीनै जना मजदुरमध्ये एकजना कासी बोहराको शव आफन्तले बुझेका छन् भने दुई शव अस्पतालमै रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

हत्याको विषयमा भारतीय प्रहरीसँग सहयोग आदानप्रदान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घटनाबारेमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट एकजना प्रहरी सहायक निरीक्षकलाई पिथौरागढ पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad