समाज


दक्षिण कोरियाः सहकर्मी पुरुषले यौन दुर्व्यवहार गरेपछि सैनिक महिलाले गरिन् आत्महत्या, १५ जनाविरुद्ध मुद्दा

दक्षिण कोरियाः सहकर्मी पुरुषले यौन दुर्व्यवहार गरेपछि सैनिक महिलाले गरिन् आत्महत्या, १५ जनाविरुद्ध मुद्दा

फाइल तस्बिर


नेपालखबर
असोज २३, २०७८ शनिबार ११:५३, काठमाडौँ

समकक्षी पुरुषबाट यौन दुव्र्यवहार भएको आरोप लगाउँदै दक्षिण कोरियामा वायु सेनाका एक महिला अधिकारीले आत्महत्या गरेपछि एयर फोर्सका १५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। 

साथै घटना लुकाउन भूमिका खेलेको आरोपमा एयर फोर्सका थुप्रै अधिकारीलाई अनुशासनको कारबाही पनि गरिने भएको बीबीसीले जनाएको छ। 

बीबीसीका अनुसार एयरफोर्स मास्टर सार्जेन्ट रहेकी महिला सैन्य अधिकारीले गत मेमा आत्महत्या गरेकी थिइन्। उनले सैन्य बेसमा आयोजित एक डिनर मिटिङबाट घर फर्कने क्रममा कारभित्र आफूलाई पुरुष समकक्षीले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। गत जुनमा उक्त घटनाले हंगामा मच्चिएको थियो।

यसबारे आफूले आफ्ना सिनियर अधिकारीलाई जानकारी गराउँदा पनि उल्टै उनीहरूले आफूलाई सहमति गर्न बाध्य पारेको बताएकी थिइन्। त्यसपछि उनले गत मेमा आत्महत्या गरेकी थिइन्।

दक्षिण कोरियाका राष्ट्रपति मुन जेले माफी माग्दै चिफ अफ स्टाफ जेनेर लि स्योङ योङको राजीनामा स्वीकृत गरेका थिए। योङले आफ्ना महिला अधिकारीको  मृत्युप्रति जिम्मेवार हँदै राजीनामा दिएको बताएका थिए। 

घटनामा संलग्न आरोप लागेका ती पुरुष सैनिकलाई गत जुनमै पक्राउ गरिएको थियो। उनीविरुद्धको कानुनी कारबाही चलिरहेको छ।

दक्षिण कोरियामा सेनाले आफ्ना महिला सैनिकको सुरक्षा गर्न नसकेको आरोप लाग्ने गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad