समाज


नम्बर प्लेट नराखी चलाएका २१९ मोटरसाइकल नियन्त्रणमा

नम्बर प्लेट नराखी चलाएका २१९ मोटरसाइकल नियन्त्रणमा

नेपालखबर
असोज २०, २०७८ बुधबार १४:२२, काठमाडौँ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट नराखी चलाएका २१९ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ। 

महाशाखाले चलाएको नम्बर प्लेटविरुद्धको कारबाही अभियानको क्रममा नम्बर प्लेट नलेखिएका १६५ वटा र अस्पष्ट खुइलिएका नम्बर प्लेट भएका ५४ वटा मोटरसाइकल पक्राउ गरेको हो।

ट्राफिक प्रहरीले ढाँचाअनुसार नम्बर प्लेट नलेखिएका, स्पष्ट नभएका, खुइलिएका, अनटेस्ट वा अस्थाई नम्बर प्लेट भएका, नम्बर प्लेटको टप बङ्ग्याएका वा नम्बर प्लेट ढाकिएका मोटरसाइकलहरुविरुद्ध विशेष चेकजाँच अभियान सञ्चालन गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए।

विशेषगरी नयाँ अनटेस्ट र स्पष्ट नदेखिने नम्बर प्लेट नलेखिका मोटरसाइकलहरुले दुर्घटना गर्दा गाडी नम्बर टिप्न, प्रहरीलाई खबर गर्न समस्या हुने गरेको छ, त्यस्ता मोटरसाइकल फरार हुँदा पक्राउ गर्न र कारबाहीको दायरामा ल्याउन समेत समस्या हुने गरेको एसएसपी भट्टराईले व्यक्त गरे। 

कतिपय त्यस्ता मोटरसाईकलहरु तिब्रगति र लापरबाहिका साथ चलाउने, ट्राफिक नियम उल्लंघन गर्दै हिड्ने गरेको पाईन्छ भने हराउँदा समेत फेला पार्न सकस हुने गरेको महाशाखाले जनाएको छ। 

सम्पूर्ण सवारीधनीलाई त्यसमा पनि मोटरसाइकल धनीलाई आफ्नो सवारी साधनको नम्बर प्लेट स्पष्ट राख्न र सवारीको अवस्था समेत सहि हालतमा राख्न महाशाखाले अनुरोध गरेको छ।

ट्राफिक नियम उल्लङ्घन गरी हिँड्ने, दुर्घटना गरी फरार हुने तथा चाडपर्व र भीडभाडको समयमा हुन सक्ने चोरी लुटपाट लगायतका आपराधिक क्रियाकलापलाई रोक्न यस अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने महाशाखाको बुझाइ छ।

त्यस्ता तोकिएको ढाँचाबमोजिम नम्बर प्लेट नराख्ने मोटरसाईकललाई ट्राफिक प्रहरीले पाँच सयदेखि पन्ध्रसय रूपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको महाशाखाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad