कारोबार


ओप्पोद्वारा रायोट गेम्ससँग २०२१ लिग अफ लेजेन्ड्स वर्ल्ड च्याम्पियनशिपका लागि साझेदार घोषणा

ओप्पोद्वारा रायोट गेम्ससँग २०२१ लिग अफ लेजेन्ड्स वर्ल्ड च्याम्पियनशिपका लागि साझेदार घोषणा

नेपालखबर
असोज २०, २०७८ बुधबार १४:१३, काठमाडौँ

ओप्पोले लिग अफ लेजेन्ड्स वल्र्ड च्याम्पियनशिप २०२१ (एस११)को प्रायोजनका लागि रायोट गेम्ससँग साझेदारीको घोषणा गरेको छ। 

यो साझेदारी ओप्पोले सन् २०१९देखि रायोट गेम्ससँग हस्ताक्षर गरेको बहुवर्षीय सम्झौताकै अंश हो। साझेदारीले ओप्पोलाई विश्वभरका ईस्पोर्ट्स खेलाडीहरु माझ आफ्नो ब्राण्डप्रतिको जागरुकता बढाउन सघाउनेछ । 

ओप्पोद्वारा २०२१ एलओएल वर्ल्ड च्याम्पियनशिपको प्रायोजन
यस वर्ष ओप्पोले फाइनल्समा अद्वितीय प्रदर्शनीमार्फत ब्याटग्राउण्डमा कब्जा जमाउन सफल खेलिडीहरुलाई मोस्ट भ्यालुएवल प्लेयर्स अवार्डबाट सम्मानित गर्नेछ। 

साथै, ओप्पोले आफ्ना दर्शक तथा श्रोतामाझ गेमिंग हाईलाइट्स तथा व्यावसायिक खेलाडी तथा टिमहरुका अन्तरवार्तापनि प्रस्तुत गर्ने जानकारी दिइएको छ। 

यसले दर्शक–श्रोतालाई फाइनल गेम तिरको प्रगति र व्यावसायिक खेलाडीका बारेमा अझ जान्ने मौका प्रदान गर्ने ओप्पोको विश्वास छ।

ओप्पोको ग्लोबल मार्केटिंगका उपाध्यक्ष तथा अध्यक्ष विलियम ल्यूले यस वर्ष पनि रायोट गेम्ससँगको साझेदारीलाई निरन्तरता दिन पाएकोमा खुसी व्यक्त गरे। 

लिग अफ लेजेन्ड्सले विश्वभरका गेमर्समाझ ओप्पोलाई परिचित गराउन एक सटीक प्ल्याटफर्म उपलब्ध गराएको उनले बताए। 

उनले भने, ‘अझ महत्वपूर्ण कुरा भनेको व्यावसायिक खेलाडीहरुको अटल भावना, उत्पादन तथा प्रविधिका सवालमा नवप्रवर्तनका लागि ओप्पोको अथक प्रयास र प्रतिबद्धता समान छ। हामी आफ्ना प्रयोगकर्ताका लागि समग्र उत्कृष्टता र अभूतपूर्व अनुभव प्रदान गर्न निरन्तर प्रतिबद्ध र प्रयासरत छौँ।’

रायोट गेम्समा ईस्पोर्ट्सका लागि ग्लोबल हेड जोन निधामले पछिल्लो वर्षको सफल साझेदारीका आधारमा ओप्पोलाई  लिग अफ लेजेन्ड्स वल्र्ड च्याम्पियनशिप २०२१को प्रायोजकका रुपमा पाउँदा उत्साहित रहेको बताए। 

खेलका लागि पहिलो वैश्विक स्मार्टफोन पार्टनरका रुपमा ओप्पो विश्वभरका ईस्पोर्ट्स खेलाडीहरुमाझ सर्वाधिक प्रभावशाली प्राविधिक ब्रान्डमध्ये एकका रुपमा परिचित भइसकेको उनले बताए। 

‘हामी फाइनल्समा ओप्पोले दर्शकका लागि प्रस्तुत गर्ने विशेष प्रस्तुति हेर्न उत्साहित छौँ’, उनले भने।

वर्षको फाइनल्सको थिम ‘मेक÷ब्रेक’ राखिएको छ। यसले असम्भवलाई तोडेर नयाँ सम्भावना निर्माणका लागि आवश्यक साहसको प्रतिनिधित्व गर्छ। 

निर्माणका लागि निर्माणका लागि यो खोजसँगै ओप्पो फाइन्ड एक्स सिरिज, फाइन्ड एक्सथ्री प्रोले संसारलाई १०–बिट कलरमा खिचेर कैद गर्न मात्र नभई बिलियन रंग सहितको स्क्रिन डिस्प्ले पनि उपलब्ध गराउँछ। 

साथै, फाइन्ड एक्सथ्री प्रोमा कलरओएस ११.२को अंशका रुपमा ईन हाउस कलर भिजन इनह्यान्समेन्टपनि उपलब्ध गरिएको छ। 
यसले कलर भिजन डिफिसियन्सीबाट प्रभावित मानिसहरुका लागि सम्भावित पोटेन्सियल स्क्रिन क्यालिबरेशन र अप्टिमल्लि कलर करेक्टेड दृश्य प्रस्तुत गर्छ। 

फाइन्ड एक्सथ्री प्रोमा उपलब्ध गरिएको कलर क्यापेबिलिटी र सुलभ डिजाइन अभूतपूर्व छ। ओप्पोले स्मार्टफोनमा रंगको सिमाना नाघेर नयाँ सम्भावनाहरुको निर्माण गरेको छ।

उपभोक्ता केन्द्रित ब्राण्डका रुपमा मोबाइल गेमर्सका आवश्यकता ओप्पोले स्पष्टरुपमा बुझेको छ । यसले गर्दा कम्पनीले कलरओएस मातहतको गेमिङ मोडमार्फत रुकावत रहित गेमिंग अनुभव प्रदान गर्छ। 

गेमिङ मोडको प्रयोग गरेपश्चात् गेमिंग गरिरहेका बखत खेलाडीलाई नोटिफिकेशन्स, म्यासेजेज् वा कलले डिस्टर्ब गर्दैन । यसले गर्दा गेमर्सले रुकावतरहित इमर्सिभ गेमिंग अनुभवको मज्जा लिन सक्छन् । 

विश्वब्यापी ईस्पोर्ट्स समुदायसँग घनिष्टरुपमा संलग्न हुने ओप्पोको आशा छ। साथै, फाइनल्समा प्रदर्शित ब्यवसायिक खेलाडीहरुको भावनाले दर्शकलाई पनि आफ्ना सपना तिर अग्रसर हुन प्रेरित गर्ने ओप्पोको विश्वास छ।

मोस्ट हाई स्टेक्स प्रतिस्पर्धाका रुपमा परिचित, द लिग अफ लेजेन्ड्स वल्र्ड च्याम्पियनशिप २०२१ (एस११)मा ११ देश तथा क्षेत्रका उत्कृष्ट समूहहरुको सहभागिता रहनेछ। 

अक्टोबर ५मा सुरु हुने यो स्पर्धा नोभेम्बर ६मा एंजेभ्यागो ८, १०४ रेकेभिक, आईसल्याण्डमा आयोजना हुने फाइनल्स संगै समापन हुनेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad