भारतीय नागरिकले चक्कु प्रहार गरेर रुपन्देहीमा एक जनाको हत्या गरेका छन्।
शुद्धोधन गाउँपालिका ३ बेतानीमा प्लाई फ्याक्ट्रीमा काम गर्ने नवलपरासी पश्चिम सुस्ता गाउँपालिका ३ का २२ वर्षीय अवदेश हरिजनको हत्या भएको हो।
चक्कु प्रहरी गरी हत्या गरेको अभियोगमा भारत गोपालगंजका १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
सविक्षा समिल नामको उक्त फ्याक्ट्रीमा काम गर्ने व्यक्ति बिच झगडा हुँदा ती किशोरले अवदेशलाई चक्कु प्रहार गरेको रुपन्देही प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका उनको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
घटना पछि इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले चक्कु प्रहार गर्ने ती किशोरलाई पक्राउ गरेको हो।
चक्कु प्रहारबाट घाइते भएका अवदेशका बुबा ४० वर्षीय गोपी चन्दको लुम्बिनी प्रादेशिक अस्पताल उपचार भइरहेको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Shares

प्रतिक्रिया