प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल स्वदेश फिर्ता भएका छन्।
चिलिको सान्टियागोमा गत असोज २८ देखि यही कात्तिक १ गतेसम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को ८८ औँ महासभामा भाग लिएर शुक्रबार राति उनी स्वदेश फर्किएका हुन्।
एनसिवी नेपालका प्रमुखसमेत रहेका महानिरीक्षक खनाल इन्टरपोलको महासभामा भाग लिन गत असोज २६ गते राति चिलि गएका थिए।
खनालसँगै प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही र प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीसमेत चिली गएका थिए।

प्रतिक्रिया