समाज


प्रदेश ५ शिक्षा विकास निर्देशनालयका सब-इन्जिनियर घुससहित पक्राउ

प्रदेश ५ शिक्षा विकास निर्देशनालयका सब-इन्जिनियर घुससहित पक्राउ

नेपालखबर
कात्तिक ९, २०७६ शनिबार २:१३,

प्रदेश नम्बर ५ को शिक्षा विकास निर्देशनालयमा कार्यरत सब-इन्जिनियर सन्दीप पौडेल घुस लिएको रकमसहित पक्राउ परेका छन्।

प्रदेश ५ को रूपन्देही बुटवलस्थित शिक्षा विकास निर्देशनालयमा करारमा कार्यरत सब-इन्जिनियर पौडेललाई सेवाग्राहीबाट घुसबापत लिएको १ लाख २० हजार रुपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय(बुटवल)को टोलीले नियन्त्रणमा लिएको हो।

आयोगका अनुसार विद्यालय भवन निर्माण सम्पन्न भई अन्तिम किस्ताबापत बाँकी रकम विद्यालयको खातामा निकासा गर्ने सिलसिलामा विभिन्न बहाना बनाई सेवाग्राहीसँग पटकपटक घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा पौडेल पक्राउ परेका हुन्।

सब-इन्जिनियर पौडेल र रकम लिन मतियारका रूपमा प्रयोग गरेका जेसीभी चालक विक्रम बस्नेतले सेवाग्राहीबाट १ लाख २० हजार घुस लिइसकेको अवस्थामा शुक्रबार राति बुटवल उप-महानगरपालिका २, उजिरसिंह टोलबाट उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।

घटनाबारे अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad