चार दिन पहिले पशुपतिमा बाबाजीलाई छुरा हान्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
गत सोमबार पशुपतिस्थित विश्वरुपान जाने बाटोको छेउको झाडीमा सन्तोष भन्ने बाबामाथि छुरा प्रहार भएको थियो।
छुरा प्रहार गरी फरार भएका चितवनको जगतपुरका ३७ वर्षीय ताराबहादुर लामिछानेलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।
काठमाडौंको हेपालीहाइटबाट घटनामा प्रयोग भएको खुकुरीसहित उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए।
213
Shares

प्रतिक्रिया