कारोबार


स्मार्टडोकोले ल्यायो उपहारै उपहारको ‘स्मार्ट दशैँ अफर’

स्मार्टडोकोले ल्यायो उपहारै उपहारको ‘स्मार्ट दशैँ अफर’

नेपालखबर
असोज १४, २०७८ बिहिबार १२:२०, काठमाडौँ

इ–कमर्स एप स्मार्टडोकोले ‘स्मार्ट दशैँ अफर’ ल्याएको छ। 

कम्पनीले तीनवटा बैंकको कार्डबाट भुक्तानी गर्ने ग्राहकलाई २० प्रतिशत क्यासब्याक अर्थात् पैसा फिर्ताको अफर ल्याएको हो। 

यसअनुसार ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाईन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक ९७५० रुपैयाँसम्म०, साथैे बैंक अफ काठमाण्डूको डेबिट र क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक (१५ सय रुपैयाँ सम्म) र माछापुछ«े बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा दैनिक २१ प्रतिशत क्यासब्याक (२१० रुपैयाँसम्म) पाउनेछन्।

यसबाहेक ग्राहकहरुले दैनिक १० हजार रुपैयाँसम्मको आकर्षक उपहार समेत जित्न सक्ने कम्पनीले जनाएको छ। स्मार्टडोकोबाट सामान खरिद गर्ने ग्राहकले दैनिक अन्य उपहारहरु पनि जित्न सक्नेछन्–

  • १) डाइमण्ड ओमेगा १८ लिटरको ओभर टोस्टर ग्रिलर
  • २) क्रेन इलेक्ट्रिकल अल्ट्रासोनिक कुल एयर प्युरिफायर
  • ३) पोको किड्स गिफ्ट भाउचर
  • ४) बेबी ट्रि गिफ्ट भाउचर
  • ५) इनर्जाइजर पावर बैंक
  • ६) गोल्डस्टार जी१० जुत्ता
  • ७) वेईडी मेन्स जापानी क्वार्र्टाज मुभमेन्ट जेन्युन लेदर ब्याण्ड रिस्टवाच

स्मार्टडोकोले यस स्मार्ट दशैं अफरमा ग्राहकहरुलाई इलेक्ट्रिोनिक्स, हेल्थ एण्ड ब्यूटी, एपिरियल्स, बेबी केयर र अन्य सामग्रीहरु सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको छ। 

साथै ग्राहकले अधिकतम ७० प्रतिशतसम्म छुट पाउने समेत व्यवस्था गरिएको छ। ग्राहकले यो अफरमा आफूलाई मनपर्ने विभिन्न उपहारहरु स्मार्टडोकोको वेवसाइट तथा एपबाट अर्डर गरी फाइदा लिन सक्नेछन् । ग्राहकले एन्ड्रोइड र आइओएस डिभाइसमा एप डाउनलोड गर्न सक्नेछन्। 

स्मार्टडोकोसँग १० हजारभन्दा बढी प्रडक्टहरु छन् । ग्राहकले १० फरक वर्गका सामानहरु जस्तै कोभिड–१९का लागि आवश्यक सामग्री, फूड र ग्रोसरी, हेल्थ एण्ड ब्यूटी, इलेक्ट्रोनिक्स, होम र लिभिङ, बेबी केयर र अन्य सामग्रीहरु स्मार्टडोकोबाट खरिद गर्न सक्नेछन्। 

साथै, ग्राहकले विहान ११ बजेभन्दा अगाडि अर्डर गरेमा सोही दिन सामान पाउन सक्नेछन् ।

स्मार्टडोकोका ग्राहकले काठमाडौं उपत्यहाको रिङरोडभित्र निःशुल्क डेलिभरी र रिङरोडभन्दा बाहिर निकै कम शुलकमा समान डेलिभरीको सुविधा पाउन सक्नेछन् । 

यो अफर असोज १४ देखि असोज २१ सम्म मान्य हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad