समाज


मिर्गौला पीडितको नाममा ठगी

मिर्गौला पीडितको नाममा ठगी

नेपालखबर
असोज १३, २०७८ बुधबार १४:४३, काठमाडौँ

पाल्पामा मिर्गौला पीडितको नाममा ठगी गर्ने पक्राउ परेका छन्। मिर्गौलापीडित सहयोग रसिदमार्फत अवैध रुपमा पैसा उठाउनेलाई प्रहरीले पक्राउ गरेको हो। पाल्पा सदरमुकाम तानसेनबाट नगदसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो। 

गोरखा पालुङटारका दीपक भन्ने ३६ वर्षका प्रदीप गुरुङ, मोरङ उर्लाबारी नगरपालिका– ९ का धनबहादुर विश्वकर्मा, पथरी शनिश्चरे नपा ९ का राजेश खरेल, झापा कनकाईका केदार विक र सूर्यबहादुर विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। 

पाल्पा सदरमुकाम तानसेनको बसपार्कस्थित करुवा होटलमा अवैध रुपमा चन्दा संकलन गरी लुकिछिपी बसेको सूचनाका आधारमा प्रहरीले पाँच जनालाई पक्राउ हो। उनीहरुको साथबाट २१ हजार २५५ बरामद गरिएको प्रहरीको दाबी छ। 

सामाजिक सहयोग अभियान नेपाल नामक संस्थाको नाममा १३ वटा रसिद काटेको र १९ वटा नकाटेको रसिद भेटिएको छ। पक्राउ गरिएका पाँचजना अभियुक्तलाई जिल्ला अदालत पाल्पामा हाजिरी गराई म्याद थप गरी कारवाही अगाडि बढाएको जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .