कारोबार


‘आईएमई पे’ र नियोटेरिक नेपालबीच सम्झौता

‘आईएमई पे’ र नियोटेरिक नेपालबीच सम्झौता

नेपालखबर
असोज १३, २०७८ बुधबार १४:२९, काठमाडौँ

आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आईएमई पे’ र नियोटेरिक नेपालबीच सम्झौता भएको छ। 

सम्झौतापत्रमा आईएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिक नेपालका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गरेका छन्। 

सम्झौता गरिएसँगै नेपालीहरुको महान चाड दशैँ र तिहारलाई लक्षित गरी दशैँ क्याम्पियन पनि सुरु भएको छ। 

दशैँ क्याम्पियन ११ असोजदेखि २० कात्तिकसम्म लागू हुनेछ। क्याम्पियनअन्तर्गत नियोटेरिक नेपाल, नेपालको नम्बर १ ग्याजेट डिस्ट्रिब्युटरको कुनै पनि ग्याजेट आईएमई पेमार्फत भुक्तानी गर्दा आकर्षक छुट साथै फ्री डेलिभरीको पनि व्यवस्था मिलाइएको छ।

उक्त अवसरमा बोल्दै आईएमई डिजिटल सोलुसन लिमिटेडका व्यापार तथा सहकार्य व्यवस्थापक प्रमुख गुण श्रेष्ठले नियोटेरिक नेपाल, नेपालको नम्बर १ ग्याजेट डिस्ट्रिब्युटरको कुनै पनि ग्याजेट आईएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विश्वस्त रहेको बताए। 

नियोटेरिक नेपालका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले दशैँ लक्षित यो स्किमले आम सेवाग्राहीहरूलाई लाभ प्राप्त हुने विश्वास व्यक्त गर्दै स्किम सफल बनाउन सबैलाई सफलता मिलोस् भनी शुभकामना व्यक्त गरे। 

एक महिनाको स्किममा नियोटेरिक नेपालबाट कुनै पनि ग्याजेट आईएमई पेमार्फत खरिद गर्दा भाग्यशाली एक विजेताले आईआईएफई जेड एयर एचएस१४ ल्यापटप जित्न सक्ने कम्पनीले जनाएको छ। 

कुनै पनि लोगिटेक, ¥यापु, रिको, आइडियाकार्ड, सेनहाइजर खरिदमा आईएमई पेमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको अफर रहेको छ। साथै वानप्लस फोन खरिद गर्दा हाइफ्युचर इयरबड्स टाइडीबस सित्तैमा पाउन सक्ने कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad