समाज


नेशनल मेडिकल कलेजका सञ्चालक अन्सारीलाई कारबाही गर्न माग

नेशनल मेडिकल कलेजका सञ्चालक अन्सारीलाई कारबाही गर्न माग

नेपालखबर
कात्तिक ८, २०७६ शुक्रबार ११:३१,

राष्ट्रिय चिकित्सा शिक्षा संघर्ष समितिले वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धिन अन्सारीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ।

समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बढी लिइएको शुल्क तत्काल फिर्ता लिन माग गर्दै शान्तिपूर्ण आन्दोलन गरिरहेका सो कलेजका विद्यार्थीहरुमाथि बिहीबार गुण्डा लगाई कुटपीट गर्ने काम गरेको भन्दै सो कलेजका सञ्चालक अन्सारीलाई पक्राउ गरी तत्काल कारबाही गर्न सरकारसँग माग गरेको हो।

उनीमाथि कारबाही नभए सरकारविरुद्ध नै कडा आन्दोलनमा जान बाध्य हुने पनि संघर्ष समितिका संयोजक प्रकाश चन्दले चेतावनी दिए। मापदण्ड विपरित असुल गरिएको शुल्क फिर्ता गर्न माग गर्दै कलेज परिसरमा आन्दोलन गर्दै आएका विद्यार्थीहरुलाई सो कलेजका सञ्चालक अन्सारीले भारतीय गुण्डा झिकाई निर्घात कुटपिट गरेको संघर्ष समितिको आरोप छ।

समितिले चितवन मेडिकल कलेजको पनि मापदण्ड विपरित लिइएको शुल्क असुल गर्न माग गर्दै आन्दोलन गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad