ad ad

समाज


गृह मन्त्रालयका सवारी चालकलाई ट्राफिक सचेतना कक्षा

गृह मन्त्रालयका सवारी चालकलाई ट्राफिक सचेतना कक्षा

नेपालखबर
कात्तिक ८, २०७६ शुक्रबार ८:४९,

ट्राफिक प्रहरीले गृह मन्त्रालयका ३५ जना सवारी चालकहरुलाई ट्राफिक सचेतना सम्बन्धी कक्षा दिएको छ। मन्त्रालयको सभाहलमा भेला भएका चालकहरूलाई ट्राफिक नियम, कानुनी ज्ञान र मानवीय संबेदनाबारे कक्षा दिइएको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले महाशाखाको नेतृत्व समाल्ने वित्तिकै ७ वटा प्राथमिकताका योजना सार्वजनिक गरेका थिए। त्यसमध्ये ट्राफिक नियमको पालना गर्ने कुरालाई आम नागरिककै चाहनाको रुपमा लैजान ट्राफिक अनुशिक्षण र जनचेतनामा विशिष्टिकरण गरिने पनि थियो। सोही अनुरूप गृह मन्त्रालयका सवारी चालक तथा अन्य ईच्छुक व्यक्तिहरूलाई ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा दिइएको महाशाखाले जनाएको छ।

कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले ट्राफिक व्यवस्थापन राम्रो बनाउन प्रत्येक व्यक्तिले आफ्नो व्यवहारमा परिवर्तन ल्याउनुपर्ने बताए। साथै सवारी चलाउँदा जिम्मेवार नागरिकको रुपमा प्रस्तुत हुन पनि आग्रह गरे। यो सचेतना कक्षा निरन्तर सञ्चालन भई अन्य सम्पूर्ण मन्त्रालयका सवारी चालकहरूलाई दिने उनले जानकारी पनि गराए।

ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा व्यवहारिक र जिवनउपयोगी भएकोले सडकमा सवारी चलाउँदा ठूलो महत्त्व रहने विचार सहभागी चालकहरूले व्यक्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .