समाज


घुस अस्वीकार गर्ने २४ ट्राफिक प्रहरी सम्मानित

घुस अस्वीकार गर्ने २४ ट्राफिक प्रहरी सम्मानित

नेपालखबर
असोज १, २०७८ शुक्रबार १५:३४, काठमाडौँ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न प्रलोभन अस्वीकार गरी आफ्नो कर्तब्य निर्वाह गर्ने २४ जना ट्राफिक प्रहरीलाई सम्मान गरेको छ।

शुक्रबार ट्राफिक प्रहरी महाशाखामा आयोजित कार्यक्रममा प्रहरी निरीक्षकसहित २४ जना ट्राफिक प्रहरीलाई पुरस्कृत एवम् सम्मान गरिएको छ।

नगद पुरस्कृत तथा प्रशंसापत्र सहित सम्मानित हुनेहरुमा प्रहरी निरीक्षक रबिन्द्र कुमार श्रेष्ठ सहित प्रहरी हवल्दार उमेश राम, लक्ष्मण यादव साथै प्रहरी जवानहरु किसान चन्द्र गौतम, धनबिर जिसी ,सबिना लम्जेल, प्रकाश थापा, निरज थापा, हिक्मत रावल, सन्तोष धमला रहेका छन्। 

यस्तै, प्रहरी नायब निरीक्षक मिलन कुमार सिंह, प्रहरी हवल्दार ईश्वर सिंह धामी, भीम बहादुर बोहोरा, नगकुल गिरी, बिनोद गोतामे, सन्तोष कुमार साह, रामजि साह, प्रविन मोक्तान, दधिराम बिसी, प्रहरी जवान हरि बहादुर सुनार, कुमार कोईराला, सविना थापा मगर, महेश राज पनेरु, गुणाकर अवस्थी, अरुण बहादुर अधिकारी सम्मानित भएका छन्।

सम्मानित हुने सम्पुर्ण ट्राफिक प्रहरीलाई महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले प्रशंसापत्र सहित खादा ओढाएर सम्मान गरेको महाशाखाले जनाएको छ।

सो क्रममा महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले प्रहरी संगठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्ने र ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूको प्रलोभनमा नपरि काम गर्ने ट्राफिकलाई सम्मान गर्दै त्यस्ता चालकहरुलाई कानुन अनुसार मुद्दा चलाइएको बताए।

गत आर्थिक वर्षमा घुस दिई प्रलोभनमा १६६ जना चालक पक्राउ परेका छन्।

यस आवमा घुस बापत रु. ९० हजार १५५ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने १६५ जना सवारी चालकहरुलाई पक्राउ गरि कानूनी दायरामा ल्याउने ९३ जना प्रहरी कर्मचारीलाई महाशाखाले पुरस्कार एव प्रशंसापत्रद्वारा सम्मान गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad